तनहुँमा विद्यार्थीको निःशुल्क मुटु परीक्षण

तनहुँ | फागुन १, २०७९

तनहुँमा विद्यार्थीको निःशुल्क मुटु परीक्षण

तनहुँ:   नेपाल हृदय रोग प्रतिष्ठान तनहुँको आयोजनामा आइतबार दमौलीमा करिब तीन हजार विद्यार्थीको मुटु परीक्षण गरिएको छ। विज्ञ चिकित्सकहरू विद्यालयमै पुगेर विद्यार्थीको मुटु परीक्षण गरिएको हो।


बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले नेपाल हर्ट फाउन्डेसन केन्द्रीय कार्यालयको सहयोगमा मुटु परीक्षण गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णचन्द्र पाण्डेले बताउनुभयो। 


दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय र बालमन्दिर माध्यमिक विद्यालयमा दुई हजार सात विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो। तीमध्ये १५ जनामा मुटुको बाथरोग, १३ जनामा मुटुको जन्मजात समस्या देखिएको छ। तिनीहरूमध्ये चार जनाको शल्यक्रिया गर्नुपर्ने भएको उहाँले जानकारी दिनुभयो। 


बालबालिकामा मुटुमा प्वाल पर्ने, मुटुबाट निस्किने नसा सानो हुने, मुटुको भल्ब सुक्ने, मुटुमा पानी जम्मा हुनेजस्ता समस्या देखापर्ने जस्ता समस्या पर्ने बेलैमा उपचार गर्न आवश्यक पर्ने भएको परीक्षण गरिएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बलराम न्यौपाने बताउनुभयो । 


वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा।डा। प्रकाशराज रेग्मीले नेतृत्वमा १४ जना चिकित्सकको टोलीले मुटु परीक्षण गरिएको थियो। मुटुको स्वास्थ्य स्थिति र आवश्यकता अनुसार १५२ जना विद्यार्थीको ईसीजी परीक्षण पनि गरिएको थियो।


दस जना विद्यार्थीको थप परीक्षण र उपचार गर्नुपर्ने देखिएकाले उनीहरूलाई काठमाडौँ लैजान र निःशुल्क उपचार गर्न सिफारिस गरिने प्रतिष्ठानका उप–सभापति चुणामणि दाहालले जानकारी दिनुभयो। वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा।डा। प्रकाशराज रेग्मीले चिकित्सहरूको टोलीको नेतृत्व गर्नुभएको थियो। शिविरको नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्रा।डा। कृष्णप्रसाद गौतमले उद्घाटन गर्नुभएको थियो। सो अवसरमा गौतमले मुटु परीक्षण जस्तो महत्वपूर्ण कार्यक्रम जिल्लाव्यापी रूपमा सञ्चालन गरिनुपर्ने बताउनुभयो। 

   

ललितपुर:  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको छ। बैठक ११ बजेदेखि ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड प्यालेसमा बसिरहेको छ । बैठकमा त्यसपछि पार्टी अध्यक्ष केप...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो । ...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराले आयोजना गरेको ‘पछ्य...

थप पढ्नुहोस्